मल्लिकाले सहजै पचाइन् ७५ लाख
अभिनेता तथा निर्माता सचिन जोशीले चलचित्र 'मुम्बई मिरर' मा बार डान्सरको भूमिकाका लागि मल्लिका शेरावतसँग सम्झौता गरेका थिए ।
मल्लिकाले स्क्रिप्ट सुन्नेबित्तिक्कै सम्झौतामा हस्ताक्षर गर्दै ७५ लाख भारतीय रुपैंयाँ एडभान्स लिइन् । रमाइलो कुरा के भयो भने, चलचित्रको छायांकन प्रारम्भ हुनुभन्दा दुई दिनअघि उनले उक्त चलचित्रमा काम नगर्ने बताइन्। कुनै बहस नगरी सचिनले पनि मल्लिकाको ठाउँमा दक्षिण भारतीय अभिनेतृ विमला रमनलाई लिए ।
चलचित्रमा काम नगर्ने भएपछि मल्लिकाले सम्झौता पत्र त फिर्ता दिइन् तर उनले लिएको एडभान्स रकम भने फिर्ता दिइनन्। केही दिनसम्म पनि उक्त पैसा नफर्काएपछि सचिनले मल्लिकालाई फोन गरे, तर फोन उठेन ।
मल्लिकाका म्यानेजरले उनी भारतमै नभएको बताउँदै मल्लिका आएपछि यस विषयमा कुरा राख्ने आश्वासन दिएका थिए । यद्यपि अझै मल्लिका सचिनको सम्पर्क बाहिर नै छिन् ।-साप्ताहिक
प्रकाशित मिति:
July 06, 2012