भोलि देशभर सार्वजनिक बिदाको घोषणा
भदौ ३ – सरकारले भोलि इदुल फित्रको अवसरमा देशभर सार्वजनिक बिदाको घोषणा गरेको छ ।
गृह मन्त्रालयले रमजानको अन्तिम दिन ईद (इदुल फित्र) को उपलक्ष्यमा भोलि सोमबार नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय गरेको हो ।
गत वर्ष फागुन ८ गते नेपाल राजपत्र भाग– ५ मा इस्लाम धर्मावलम्बीको पर्व ईद (इदुल फित्र) का दिन सार्वजनिक पर्व बिदा दिइने उल्लेख छ ।
मुस्लिम समुदायले रमजानको अन्तिम दिन ईद (इदुल फित्र) धुमधामका साथ विविध कार्यक्रम गरेर एक आपसमा शुभकामना आदानप्रदा गरी मनाउने गर्दछन् ।
Watch Video
प्रकाशित मिति:
August 19, 2012