प्रचण्ड नेतृत्वको एमाओवादी दलालहरुको संगठन : बादल
भदौ ३ – नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले बाबुराम भट्टराईको सरकारलाई कठपुतली, भ्रष्ट र दलालको संज्ञा दिएका छन् ।
बादलले एकीकृत माओवादी अध्यक्ष दाहालले नेतृत्व गरेका एमाओवादी पनि दलाल र ठेकेदारको पछि लागेको भन्दै दलालको विरुद्धमा लाग्नुपर्ने बताए ।
आइताबार धुलिखेलमा नेकपा–माओवादीको जिल्ला सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेको एकीकृत माओवादी दलालहरुको संगठन भएको उल्लेख गरे ।
बादलले एकीकृत माओवादीको विरुद्धमा मोर्चाबन्दी गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । ।
बादलले भनेका छन्– एकीकृत माओवादी विरुद्धमा राष्ट्रवादी, वामपन्थी र लोकतन्त्रवादी मिलेर मोर्चाबन्दी गर्नुपर्छ । बादलले एकीकृत माओवादीबाट आफूहरु नफुटेको आफूहरु पुरानै माओवादी भएको पनि दाबी गरे ।
त्यसका लागि मोर्चा जरुरी रहेको छ ।’ सरकारलाई दलाल र भ्रष्ट सँगै कठपुतलीको संज्ञा दिएका बादलले यो सरकारले कुनै हालतमा पनि निर्वाचन र राजनीतिक निकास दिन नसक्ने ठोकुवा समेत गरेका छन् । कार्यक्रममा थापाले भनेका छन् ‘यो सरकारले घोषणा गरेको निर्वाचन नौटङकी मात्रै हो ।’
Watch Video
प्रकाशित मिति:
August 19, 2012