गाइजात्रे शुरु गर्ने तीन जना कलाकर्मी सम्मानित
तितेजिरे मेरी बास्सै गाइजात्रा महोत्सव २०६९ समापनको दिन शनिबार ३ जना वरिष्ठ कलाकर्मी सम्मानित भएका छन् ।
प्रज्ञा भवनको स्टेजमा २०३३ सालबाट गाइजात्रा शुरुवात गर्ने सस्कृतिविद् सत्यमोहन जोशी, चलचित्रकर्मी यादव खरेल, कलाकार भीम बहादुर थापालाई आयोजक ओरियन्टल इभेन्टन्सका प्रबन्ध निर्देशक प्रकाश पुडासैनी तथा तितोसत्य जिरेखुर्सानी तथा मेरी बास्सैका कलाकारहरले सम्मान गरेका हुन् ।
उनीहरुले यी तीन जनालाई दोसल्ला ओढाई ताम्रपत्र सहित सम्मान प्रदान गरेका थिए । कार्यक्रममा सस्कृतिविद् जोशीले गाइजात्राको इतिहासबारे बोलेका थिए भने भीम बहादुर थापाले २०३३ सालमा उनले प्रस्तुत गरेको प्रहसनको संवाद पस्केर हसाएका थिए ।
चलचित्रकर्मी खरेलले भने २०३३ सालको गाइजात्रामा उनले पहिलोपल्ट बाचन गरेको ब्यंग्य कविता बाचन गरेका थिए । उनीहरुले २०३३ सालमा तल्कालीन राजारानी विरेन्द्र र ऐश्वर्य सामु गाइजात्रा देखाएका थिए ।
डबलीमा हुने गाइजात्रालाई प्रज्ञा भवनको मन्चमा पुर्याउने काम यी श्रष्टाले गरेको कारण गाईजात्रामा उनीहरुलाई सम्झेको आयोजक ओरियन्टल इभेन्टन्स्का प्रबन्ध निर्देशक प्रकाश पुडासैनीले बताए ।
उनले भने ,‘उहाकोहरुले शुरु गरेको बाटोलाई हामी पछ्याईरहेका छौ , त्यसैले उहाँहरको योगदानको सम्मान गरेका हो ।’ हास्य कलाकार दीपकराज गिरीले अग्रजहरुको सम्मानका लागि यसपालीको गाइजात्रामा यी कलाकर्मीलाई सम्मान गरेको बताए ।
गाइजात्रा समापनको दिन आयोजक तथा कलाकारहरु एचआइभी पिडीत बच्चाको लागि काम गर्दै आएको मनिषासिंह पुर्नजीवन निवासकी रन्जु पाण्डेलाई एक लाख सहयोग प्रधान पनि ग¥यो ।
हास्य कलाकार पनि सामाजिक र सेवामुलक काममा सहभागी हुनपर्छ भनेर आफु यसको संयोजन गरेर कलाकार आयोजकको तर्फबाट सहयोग गरेको दीपकराज गिरीले बताए ।
हास्य कलाकारको दशैँ पर्व झैँ मानिने गाइजात्राको यो गाइजात्रा साउन १८ देखि भदौ २ सम्म २३ सो प्रर्दशन भयो । जसमा नेपालका लोकप्रिय सबै जसो हास्य कलाकार सहभागी थिए ।

प्रकाशित मिति:
August 19, 2012