विद्यालय भनेर हामी त शिक्षाको ज्योति प्राप्त गर्ने एउटा पाठशाला सम्झन्छौँ । अनि हो पनि त्यही विद्यालयबाट हामी शिक्षाको ज्योति पनि लिइरहेका हुन्छौँ । तर कहिले कहीँ यस्ता व्यक्तिहरु पनि भेटिन्छन् कि उनीहरु आफैँ त्यही शिक्षाको ज्योति दिने स्वयं व्यक्ति हुन्छन् तर विद्यालयबाटै समाजमा विकृतिजन्य प्रदूषण पनि फैलाईरहेका हुन्छन् ।
कुरो हो, बेलायतस्थित एक विद्यालयको । त्यहाँ एक जना शिक्षकले सहायक कर्मचारीसँग यौनजन्य क्रियाकलाप गरे, सेक्स टेप तयार पारे अनि त्यही भिडियो ८ सय विद्यार्थीको पहुँच हुने विद्यालयकै कम्प्युटरमा समेत राखे ।
तर यस्तो कृकृते गर्नेहरु धेरै दिन भने कहाँ टिक्न सक्छन् ? उनीहरु पनि टिकेनन् । सोही शिक्षकका साथीहरुले कम्प्युटरमा सेक्स टेप देखेपछि प्रशाशनलाई खबर गरिदिए अनि प्रशासनले तत्काल जागिरबाट हात धुवाईदियो ।
विद्यालयको कम्प्युटरमै त्यस्तो भिडियो भेटेपछि विद्यालयले ४६ वर्षका शिक्षक टिम एडवार्ड र ५० वर्षकी सहायक एन्जेला थ्रोनहिललाई विद्यालयबाट निलम्वन गरेको हो ।
विद्यालयको कम्प्युटरमा सेभ गरेर राखिएको उक्त सेक्स टेप ८ सय विद्यार्थीको पहुँच भएको बताइएको छ । तर ८ सय विद्यार्थीमध्ये कतिले हेरे या त हेरेनन् भन्ने विषयमा भने अहिलेसम्म केही पनि खुलाइएको छैन । यस विषयमा विद्यालयले पनि आफ्नो कुनै धारणा सार्वजनिक गरेको छैन ।
उनै शिक्षक जसले उक्त विद्यालयमा कम्प्युटर दुरुपयोग सम्बन्धि विद्यार्थीहरुलाई सिकाउने गर्थे । उनी नै त्यहाँका कम्प्युटर टेक्नोलोजी सम्बन्धी शिक्षकका साथै सूचना तथा सञ्चार प्रमुख समेत थिए । तर उनको उक्त क्रियाकलापकै कारण वार्षिक ४७ हजार पाउण्डको जागिरबाट हात धुन पुगे ।
उनीहरुले कम्प्युटरमा सेभ गरेको भिडियोमा महिला सहायकले सेक्स अभिनय गरेको देख्न सकिन्छ भने पुरुष भने कुर्सीमा बसिरहेको अवस्था छ । पछि उनीहरुले यौनजन्य क्रियाकलाप गरेर भिडियो समेत बनाई कम्प्युटरमा सेभ गरेका थिए ।