भारतीय ट्रक र नेपाली बस ठोक्किदा ६ को मृत्यु, ४२ जना घाइते
भदौ ४ – काठमाडौँबाट भीमदत्तनगरका लागि हिँडेको एक यात्री बस गएराति भारतीय ट्रकसँग ठोक्किदा ६ जनाको मृत्यु भएको छ भने अन्य ४२ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको नयाँबेलहानी–८ मा गएराति ना ४ ख १०९२ नम्बरको बस र युपी ५३ बिटी ९३८७ नम्बरको भारतीय ट्रक ठक्कर खाँदा बसका चालकसहित छ जनाको मृत्यु भएको हो भने ४२ जना घाइते भएका हुन् ।
उक्त दुर्घटनामा परी बसमा सवार चारको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुई जनाको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परी बसका चालक बैतडी घर भएका मदनसिंह रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्यको नाम ठेगाना खुल्न नसकेको प्रहरीको भनाई छ । घाइतेको चितवनका विभिन्न्न अस्पतालमा उपचार भइरहेको छ ।
Watch Video
प्रकाशित मिति:
August 20, 2012