बाघले खाएर एकको ज्यान गयो
असोज ९ – पूर्वी चितवनको पदमपुरस्थित थाङ्खोला सामुदायिक वनमा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
सामुदायिक वनमा घा“स काट्न गएकी पदमपुर–१ निवासी ४६ वर्षीया निरुमाया प्रजाको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
पाँच जनाको समूहमा घा“स काट्न गएकी प्रजालाई बाघले एक्कासी आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
आक्रमणपछि उद्धारका लागि स्थानीय पुग्दा उनको मृत्यु भइसकेको थियो ।
प्रकाशित मिति:
September 26, 2012