७ र ८ कक्षामा पढ्ने छात्रा शिक्षकबाटै बलात्कृत भएपछि...
भदौ २५ – पढ्न गएका छात्राहरु शिक्षकबाट नै बलात्कृत हुन्छन् भन्ने समाचार सुन्नु भयो भने तपाईलाई पत्यार नलाग्न पनि सक्छ ! तर आफैँले पढाउने विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा चितवनको माडीबाट भने दुई शिक्षक पक्राउ परेका छन् ।
ती शिक्षकहरुले विद्यार्थीमाथी यौन दुव्र्यवहार गरेको जानकारी पाएपछि स्थानीय अभिभावकले नै पक्राउ गरी प्रहरी कार्यालयमा बुझाएका हुन् ।
लामो समयदेखि छात्रालाई यौन दुव्र्यवहार गर्दै आएको आरोप लगाउँदै शिक्षकलाई स्थानीय बासिन्दाले कुटपिट समेत गरेका थिए । कुटपिटपछि भने स्थानीयले ती शिक्षकहरुलाई प्रहरीसमक्ष बुझाएका हुन् ।
यस्तो अभियोगमा पक्राउ पर्ने शिक्षकहरु भने दक्षिण चितवन माडीको जगन्नाथपुरी निम्न माविका देवराज साखी र शिव आचार्य हुन् । उनीहरुले आफ्नै विद्यालयको कक्षा ७ र ८ मा पढ्ने विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोप छ ।
प्रकाशित मिति:
September 10, 2012