साथीको हत्या गरेर नेपाल भाग्नै लाग्दा सिमामै दुई नेपाली पक्राउ
भदौ २५ – आफ्नै साथीको मुम्बईमा हत्या गरी नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतीय प्रहरीले दुई नेपालीलाई पक्राउ गरेको छ ।
भारतको मुम्बईमा आफ्नै साथीको हत्या गरेर फरार भएको आरोपमा भारतीय प्रहरीले पश्चिमी सीमा नाका वनवसाबाट दुई नेपाली युवकलाई पक्राउ गरेको हो । उनीहरु दुबै जना भारतबाट नेपालतर्फ आउँदै पक्राउ परेका हुन् ।
त्यसरी पक्राउ पर्नेमा अछामको बुडाकोटी गाविस–१ का २६ वर्षीय रिजत कुँवर र सोही ठाउँका ३५ वर्षीय प्रसाद सिंह थापा रहेको बताइएको छ ।
उनीहरुसँगै काम गर्ने मान सिंह विश्वकर्माको हत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।
मुम्बईबाटै उनीहरुको पिछा गर्दै आएको प्रहरी टोलीले सीमा नाका पार गर्नै लागेका बेला पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई प्रहरीले आजै मुम्बईतर्फ लगेको छ ।
प्रकाशित मिति:
September 10, 2012