असोज १० – लहानबाट जिझौल गाविस जाने क्रममा अपहरणमा परेका दुर्इ जना छ घन्टापछि अपहरणकारीको कब्जाबाट भाग्न सफल भएका छन् ।
कचनारी– ३ घर भएका शिक्षक ‘कारी’ भनिने गजेन्द्र यादव र जिझौलका कृष्णदेव यादव अपहरणकारीको कब्जाबाट भागेका हुन् । लहानबाट मङ्गलबार साँझ ६ बजे शिक्षक गजेन्द्रले साथी कृष्णदेवलाई पु¥याउन जाँदै गर्दा अपहरणकारीको समूहले दुवैलाई लक्ष्मीपुर– ८ बाट साँझ ७ बजे अपहरण गरेको थियो । शिक्षक यादवको बिआर ३२ एफ ०७७४ भारतीय प्लेटको मोटरसाइकल अपहरणकारीले लुटेर लगेका छन् ।
अपहृत दुवै तेनुवापट्टीस्थित कटनियाँ खोलानजिकैबाट भाग्न सफल भएको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी नायब निरीक्षक खेम कार्कीले बताउनुभयो । अपहरणकारी उहाँहरूलाई कटनियाँ हुँदै भारत लग्ने प्रयासमा रहेको बताइएको छ ।
इप्रका लक्ष्मीपुरपतारीका प्रनानि कार्कीले भत्रुभयो,— “हामीले जानकारी पाउनेबित्तिकै खोज्न थाल्यौँ तर खोज्दा खोज्दै राति १ बजे अपहृतका परिवारजनले भागेर सम्पर्कमा आए भनेर जानकारी गराए ।” रासस