कलेज ड्रेस लगाएकालाई हल, मनोरञ्जन पार्क र सपिङ मल छिर्न निषेध
असोज २ - पछिल्लो सयम कलेज जाने भनेर कलेज ड्रेसमै होटल, फिल्म हेर्न फिल्म हल, मनोरञ्जन पार्क र सपिङ सेन्टर जस्ता ठाउँमा गएर विद्यार्थीहरु भुल्न थालेपछि उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ का विद्यार्थीहरुलाई ड्रेसमा त्यस्ता ठाउँमा प्रवेश निषेध गर्ने तयारी गरेको छ ।
त्यसरी कलेज ड्रेसमै त्यस्ता ठाउँमा गएमा अनुशासनको कारबाही गरिने भएको छ ।
अब परिषदले गठन गरेको अनुगमन अनुसन्धान कार्यदलको सिफारिस सरकारले गर्न साथ परिषदले विद्यार्थीमाथि निगरानि सुरु गर्ने भएको छ ।
निषेधित क्षेत्र गए त्यस्ता विद्यार्थीहरुलाई पक्राउ गरी प्रहरीको जिम्म लगाइने अधिकारसमेत सम्बन्धित पक्षलाई दिइएको छ । प्रहरीले त्यस्ता विद्यार्थीहरुलाई कारबाहीका लागि विद्यालय अनुशासन विभागमा जिम्मा लगाइने आजको राजधानी दैनिककले छापेको छ ।
११ र १२ कक्षामा अध्ययनरत विद्यार्थी पढाई छाडेर सिनेमा हल र मनोरञ्जन पार्किङ जाने प्रवृत्ति बढेको बताउदै कार्यदलले शिक्षा मन्त्रालयलाई आइतबार सो प्रतिवेदन बुझाएको हो ।
प्रकाशित मिति:
September 18, 2012