संविधान अनुसार जागिर पाउ भन्दै सर्वोच्चमा एक छात्राले हालिन् रिट
भदौ १७ – जागिर पाउनु पर्ने माग गर्दै आज सर्वोच्च अदालतमा रिट परेको छ ।
संविधानमा भएको व्यवस्था अनुसार जागिर पाउनुपर्ने माग गर्दै काठमाडौँमा कक्षा १२ मा अध्ययनरत कालिकोटकी छात्रा यशोदाकुमारी बरालले आज सर्वोच्चमा रिट दायर गरेकी हुन् ।
रिटमा संविधानको धारा १८ एकमा रोजगारीको हक हुने र धारा १८ को दुईमा कानुनमा व्यवस्था भए बमोजिम रोजगारी प्राप्त हुने र सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने उल्लेख भएपनि अधिकारबाट बञ्चित हुनु परेको उल्लेख छ ।
रिट निवेदनमा घरको पारिवारिक अवस्थाले वर्षभरी खान नपुग्ने, घरको कमाईले काठमाण्डुमा बसेर शिक्षा लिन नसक्ने भएकाले संविधानमा व्यवस्था भएको अधिकार उपभोग गरेर रोजगारी पाउनु पर्ने माग गरिएको छ ।
आफ्नो घर देशको विकट ठाउँमा रहेको, खाद्यान्न लगायतका उत्पादनले खान पुग्ने अवस्था नरहेको, पारिवारिक अवस्था कमजोर रहेकाले संविधानमा उल्लेख रोजगारीको हक पाउनु पर्ने माग पनि रिट निवेदनमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति:
September 02, 2012