• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » आलियाको अजुर्न कपूरसँग रोमान्सको तयारी
आलियाको अजुर्न कपूरसँग रोमान्सको तयारी


चर्चित उपन्यासकार चेतन भगतको उपन्यास 'टू स्टेट्स'मा आधारित फिल्ममा आलियाले अभिनेता अर्जुन कपूरसँग रोमान्स गर्ने भएकी छन् ।

बलिउड नायिका पूजा भट्टकी बहिनी आलिया भट्टले बलिउडमा आफ्नो स्थान बनाउने संघर्षका बिचमा यस्तो रोमान्सको अवसर पाउन लागि हुन् ।

उनले करण जोहरको आलिया अभिनित पहिलो फिल्म 'स्टूडेन्ट अफ द ईयर' रिलिज हुन नपाउँदै करण कै दोस्रो फिल्ममा लिड रोल निभाउने भएकी छिन् ।

निर्देशक तथा निर्माता करणलाई आलियाले स्टूडेन्ट अफ द ईयरमा निभाएको भूमिका मन परेकाले अर्को फिल्ममा पनि उनलाई नै लिएका हुन् ।

करण जोहरको प्रोडक्सनमा बन्न लागेको यस फिल्ममा अभिषेक बर्मनको निर्देशन रहनेछ । अहिले आलियाको प्रसंसा गरिरहेको करणले आधिकारिक रुपमा आलियालाई अर्को फिल्ममा पनि लिइएको कुरा स्टूडेन्ट अफ द ईयरको रिलिज पछि भन्ने भएका छन् ।

प्रकाशित मिति: October 05, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |