• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » पूर्व गृहसचिव पोखरेल पनि भ्रष्टचारी ठहर, डेढ वर्ष कैद, करोड बढी जरिवाना
पूर्व गृहसचिव पोखरेल पनि भ्रष्टचारी ठहर, डेढ वर्ष कैद, करोड बढी जरिवाना


असोज १९ – विशेष अदालतले पूर्व गृहसचिव पद्मप्रसाद पोखरेललाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र रु एक करोड १७ लाख १९ हजार ५७० असुलउपर गर्न आदेश दिएको छ ।

अदालतले बिहीबार गरेको फैसलामा आयभन्दा बढी देखिएको रु ५८ लाख, ५९ हजार ७८५ गैरकानुनीरूपमा आर्जन गरेको भन्दै सो रकम बराबरको बिगो असुल गर्नसमेत आदेश दिएको विशेष अदालतका रजिस्ट्रार धिरबहादुर चन्दले जानकारी दिए ।


अदालतले पोखरेलको जम्मा सम्पत्ति रु ९५ लाख एक हजार ५७८ रहेको र सबै प्रमाण अध्ययन गर्दा रु ३६ लाख ४१ हजार ७९२ मात्रै वैध देखिएको भन्दै रु ५८ लाख ५९ हजार ७८५ अवैध भएको ठहर गरेको छ ।

फैसलामा भनिएको छ, “नेपाल सरकारको सचिवजस्तो विशिष्ट श्रेणीको पदाधिकारी भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम निजले गैरकानुनीरूपमा भ्रष्टाचार गरेर आर्जन गरेको ठहर्छ । उक्त ऐनको दफा २४ बमोजिम थप सजाय कैद छ महिनासमेत गरी जम्मा कैद एक वर्ष छ महिना हुने ठहर्छ ।”

यसैगरी अदालतले झुना पोखरेलको नाममा रहेको कामनपा– ९ किनं २१४, २१५ ३६८ र ३६९ को जग्गा र सो जग्गामा बनेको मूलघर, सर्भेन्ट क्वाटर, ग्यारेज घर, फर्निचर, इलेक्ट्रिकल उपकरणसमेतको मोल कायम भएको समेतको जम्मा रु ३८ लाख २० हजार ८८२।७५ जफत गर्न आदेश दिएको छ ।

झुना पोखरेलको नाममा रहेको भक्तपुर र दीव्येश्वरी १ ख किनं ६४१ को जग्गा रोपनी ०–८–०–० को मोल रु दुई लाख ५९ हजार ४००। र पोखरेलको नाममा रहेको काठमाडाँै चपली २ ख किनं ३७६ को रोपनी १–१५–१–० को जग्गा रु दुई लाख र ८८९९ नंको टोयटा कोरला कार रु छ लाख १७ हजार २११ जफत गर्न भनेको छ ।

विभिन्न बैंक खाताहरूमा रहेको निक्षेप रु ९ लाख ६९ हजार ०५२ मध्येबाट रु छ हजार ७६१ बाहेक गरी बाँकी हुनआउने र सोबाट बढे बढाएको रु नौ लाख ६२ हजार २९१ जफत गर्न निर्देशन दिएको जनाइएको छ ।

प्रकाशित मिति: October 05, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |