• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » छोरो ९ दिनदेखि बेपत्ता, खोजि दिन आमाको आग्रह
छोरो ९ दिनदेखि बेपत्ता, खोजि दिन आमाको आग्रह


असोज २१ – म्याग्दी अर्मन–२ सिरकुम स्थायी घर भएका एक बालक नौ दिनदेखि बेपत्ता भएका छन् ।

यही असोज ११ गतेदेखि घरबाट विद्यालय गएका १३ वर्षीय धनबहादुर विक विद्यालय नगई बेनीतर्फ गएको जानकारी आए पनि घर नफर्केपछि अहिले उनकी आमा खोजी गरिदिनका लागि सञ्चारमाध्ययम र प्रहरी प्रशासनलाई गुहार्न आएकी छन् ।

आफन्तकामा गएको भनेर सबैतिर खोजी गरेको एकहप्ता बितिसक्दा समेत छोराको कुनै पत्तो नलागेपछि उनकी आमा ओनदेवी अहिले सदरमुकाम बेनीमा बालकलाई खोजिरहेकी छन् । सिरकुममा रहेको किसानी माविमा कक्षा ५ मा अध्ययनरत विक एक हप्तासम्म पनि सम्पर्कमा नआएपछि उनकी आमा अहिले शोकमा डुबेकी छन् ।

श्रीमान्ले छोरा धनबहादुर गर्भमै रहेको समयमा आफूलाई छाडेर भारततिर गएर एक्लिएकी ओनदेवी अहिले छोरासमेत बेपत्ता भएपछि जीवनदेखि नै निरास बनेकी छन् । “मलाई छाडेर श्रीमान् भारततिरै अर्को विवाह गरिबसेका छन्, १३ वर्षदेखि मलाई खबरसमेत गरेका छैनन्’, उनले भनिन् “एक्लो सहारा दिने छोरा थियो, त्यही पनि कहाँ गयो पत्तो छैन ।”

गहुँगोरो, हरियो टिसर्ट र पाइन्ट लगाएका बालक विक यही असोज ११ गते विद्यालय नगई बाटाबाटै फर्किएर बेनी आई पुनः बेलुकी आफ्नै हजुरआमाको घरमा बसेको र शुक्रबार बिहान सबेरैदखि परिवारको सम्पर्कमा नरहेको आमा ओनदेवीले जानकारी दिइन् । छोराले गाडी चढ्न धेरै मन पराउने भएकाले गाडीको खलासी भएर कतै गएको हुन सक्ने उनको आशङ्का छ । रासस

प्रकाशित मिति: October 07, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |