• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » यौनकर्मी महिलाका लागि परामर्श
यौनकर्मी महिलाका लागि परामर्श


असोज १७ – यौन पेसामा लागेका महिलाका लागि सुरक्षित जीवन जिउनका लागि कम्युनिटी एक्सन सेन्टर–नेपाल (सिएसी नेपाल) ले परामर्श गर्ने काम थालनी गरेको छ ।

काभ्रेपलाञ्चोकमा यौनकर्मी महिला बढ्दै गएको र त्यसबाट उनीहरुलाई सुरक्षित जीवन जिउनका लागि सहयोग गर्ने उद्देश्यले उक्त संस्थाले छ महिनादेखि त्यस्तो कामको थालनी गरेको संस्थाका अध्यक्ष तुलसालता अमात्यले जानकारी दिए ।

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा अमात्यले संस्थाले कार्य थालनी गरेको समयावधिमा २५० यौनकर्मीलाई परामर्श दिइसकेको बताए ।

“हामीले संस्थामार्फत त्यस्ता महिलालाई सुरक्षित जीवनका लागि सुझाव दिने र समस्यामा परेकाहरुलाई आवश्यक सहयोग गर्दै आइरहेका छौँ”– अमात्यले भने । उनका अनुसार सिएसी नेपालको सम्पर्कमा आएका महिलाका लागि स्वास्थ्य परीक्षण गर्न र अन्य परामर्श तथा उपचारका लागि धुलिखेल अस्पतालसँग समन्वय गरिएको छ । रासस

प्रकाशित मिति: October 03, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |