सडकबाट जिप ५० मिटर तल खस्दा १ को मृत्यु ९ घाइते
असोज ३० - म्याग्दीमा आज एक जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य नौँ जना घाइते भएका छन् ।
सदरमुकाम बेनीदेखि पर्वतको मालढुंगातर्फ जाँदै गरेको ना१ज २१३३ नम्बरको जिप आज दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा मृत्यु हुनेको नाम अहिलेसम्म खुल्न सकेको छैन ।
बागलुङको धम्जा घर बताएका अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको उपचारका क्रममा जिल्ला अस्पताल बेनीमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते हुनेहरु मध्ये मल्लाज माझपाँटका सात वर्षीय सुजल हमाल, दरवाङ–१ का ४५ वर्षीय कर्मा लामा र धाइरिङ–५ का २० वर्षीय सन्देश सुनारलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।
त्यस्तै अन्य घइतेहरु दरवाङ–१ का २५ वर्षीय शेरब लामा, पर्वत क्याङका मनकुमार पाइजा, धाइरिङका १० वर्षीय बेन्जिना जिसी, शिवालय–५ कुश्माका ३२ वर्षीय राम कँडेल, माझफाँट–२ की १७ वर्षीया शर्मिला हमाल र बागलुङ नगरपालिका–६ की शोभा केसीको भने बेनीमा उपचार भईरहेको छ ।
चालकको लापरबाहीले दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । मालढुङ्गा–बेनी सडकको फुस्रेखोला भन्ने ठाउँमा तीव्र गतिमा गुडिरहेको जिप सडकदेखि ५० फिट तल खसेको बताइएको छ ।
प्रकाशित मिति:
October 16, 2012