दशैँ नवरात्रको अवसरमा आयोजना हुने एक कार्यक्रममा बलिउड अभिनेत्री तथा पोर्नस्टार सन्नी लियोनलाई बोलाएपछि त्यसले तहल्का पिटेको छ ।
भारतको राजस्थानस्थित पाल्सना गाउँमा पोर्नस्टारबाट परिचित लियोनलाई बोलाउँदा विवाद निम्तिएको हो ।
उक्त कार्यक्रममा पोर्नस्टारलाई बोलाउँदा सामाजिक मर्यादामा आँच आउने भन्दै कतिपय व्यक्ति तथा संघ संस्थाले सन्नी लियोनको आगमनलाई लिएर हंगामा मच्चाएका हुन् ।
हरेक वर्ष नवरात्रीको बेला हुने गार्बा शोमा अघिल्लो वर्ष पनि चर्चित सेलिबे्रटिलाई बोलाइएको थियो । यही परम्परालाई निरन्तरता दिन यो वर्ष सन्नी लियोनलाई बोलाइएको हो । सर्वत्र विरोध भएपनि आयोजकले भने कुरा घुमाउँदै सन्नी आउने खबरले गाउँले खुशी भएको दाबी गरेको छ ।
आयोजकको कतिपय समितिसमेत सन्नीलाई बोलाइएको कुराले असन्तुष्ट भइरहेको बेला आयोजकले भने सन्नीको स्वागतको तयारी गरिरहेको छ । गार्बा उत्सवमा भाग लिन सन्नी यही अक्टोबर २० तारिखमा उक्त गाउँ जाने भएकी छिन् ।