राति हिड्ने पैदल यात्रु पनि अब मापसे जाँचमा
असोज ३० – सवारी चालकलाई मात्र मापसे जाँच गर्दै आएको प्रहरीले रातको समयमा बजारमा हिँड्ने व्यक्तिलाई समेत मापसे जाँच गर्न थालेको छ ।
राति १० बजेपछि मदिरासेवन गरी बजारमा होहल्ला गर्दै हिँड्ने व्यक्तिलाई प्रहरीले जाँच गर्न थालेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरीले कडाइ गर्न थालेपछि मदिरासेवन गरी रातको समयमा होहल्ला गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा पर्न थालेका छन् । चाडबाड नजिकिएसँगै प्रहरीले विशेष सुरक्षा सावधानी अपनाएको प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले बजारमा शान्ति सुरक्षा कायम राख्न कडाई गरेको छ ।
यसैबीच बागलुङ नगरपालिका २ हल्नचोकमा सोमबार राति मादकपदार्थ सेवन गरी होहल्ला गर्ने पाँच व्यक्तिलाई प्रहरीले पक्राउ गरेको पनि बताएको छ ।

प्रकाशित मिति:
October 16, 2012