मंसिर ७ – कैलालीमा एक कांग्रेस नेतालाई टाउकोमा खुकुरी प्रहार गरी हत्या गरिएको छ ।
कैलालीस्थित मालाखेती गाविसका पूर्वअध्यक्ष दीर्घराज भट्टको गए राति अज्ञात समूहले हत्या गरेको हो ।
भट्ट यसअघि दुई पटक नेपाली काँग्रेसका तर्फबाट गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।
मालाखेती गाविस– २ मा रहेको आफ्नै घरमा सुतिरहेको अवस्थामा ५५ वर्षीय भट्टको हत्या गरिएको प्रहरीले जनाएको छ ।
उनको शरीरमा खुकुरी र छुरा प्रहार गरिएको घाउ देखिएको छ । मृतकका आफन्तले गरेको शङ्काका आधारमा प्रहरीले सोही ठाउँका जानकी मलासी तथा उनका छोरा सुरेश, मनोज र महमद महिसरलाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।
शव परीक्षणका लागि सेती अञ्चल अस्पतालमा पठाइएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तीन–चार महिनाअघि अज्ञात समूहले छुरा र खुकुरी प्रहार गरेकामा उनी बाँच्न सफल भएका थिए ।