मङ्सिर ५ – सहकारी तथा गरिबी निवारणमन्त्री एकनाथ ढकालले राष्ट्रिय सहकारी नीति छिट्टै ल्याउन लागिएको बताएका छन् ।
सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारणसभालाई सोमबार सुन्दरीजलमा सम्बोधन गर्दै उनले मुलुकमा २६ हजार सहकारी संस्था पुगिसकेकाले तिनलाई व्यवस्थित एवम् नियमन गर्नका लागि सहकारी नीति ल्याउन लागिएको जानकारी गराए ।
“नीति आइसकेपछि सहकारीले अन्य क्षेत्रमा पनि काम गर्न पाउने छन्”,— मन्त्री ढकालले भने ।
सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले स्थानीय निकायको विकल्प सहकारी बनेको अवस्थामा स्थानीय निकायको केही स्रोत सहकारीको विकासमा पनि खर्च गरिनुपर्ने बताए ।
त्यस्तै नेपाल बचत तथा ऋण सहकारी संस्था लि (नेफ्स्कुन) का अध्यक्ष मीनराज कँडेलले ४० वर्षअघि नेपालभन्दा गरिब रहेको दक्षिण कोरिया सहकारीकै कारण आज विश्वकै १६औँ विकसित राष्ट्रमा आइपुगेको बताए ।