गोकुल ढकाल, लस एन्जलस - दिपावालीको अवसरमा लस एन्जलसमा संयुक्त देउसी कार्यक्रम सम्पन्न भएको छ ।
यस क्षेत्रका संघ संस्थाहरुको संयुक्त सहभागितामा श्रीपशुपतिनाथ फाउन्डेशनको मन्दिर निर्माण अभियानको सहयोग स्वरुप आयोजना गरिएको देउसी कार्यक्रमबाट १०,००५.०० (दश हजार पांच) डलर संकलन भएको छ ।
गोकुल पौडेलको भ्याली स्थित निवास, आर्टेसियामा रामबाबु पाण्डेको निवास, आर्टेसियामै प्रेम गुरागाईंको निवास, नर्वाल्कस्थित सबित्रा वलीको निवास, आर्केडियामा ऋषि ढकालको निवास, अल्हाम्ब्रास्थित मुकुन्द दवाडीको निवास, आर्टेसियामा तारक रिजालको निवास, सेरिटोसस्थित भक्त थापाको निवास, सेरिटोसमै क्रमशस् राजेन्द्र सिवाकोटी र एकराज पाण्डेको निवास, व्हिटियरमा रामा लामाको निवास, ला हाब्रामा राम खड्काको निवास र साइप्रसस्थित श्याम जोशीको निवासमा लगातार चार दिन आयोजित देउसी कार्यक्रमबाट कार्यक्रम आयोजना गरिएका होस्ट र कार्यक्रम आयोजनास्थल वरपरबाट जम्मा भएका नेपाली समुदायको सहयोगले उक्त रकम संकलन भएको हो ।