कात्तिक २९ - प्रधानमन्त्री डा. बाबुराम भट्टराइले बजेटलाई राजनीतिक हतियार नबनाउन आग्रह गरिरहेका बेला विपक्षी नेपाली काँगे्रसका सभापति सुशील कोइरालाले भने उनै भट्टराईलाई तत्काल राजीनामा दिएर सहमतिका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।
वर्तमान सरकार र सत्तारुढ दल एमाओवादीले विश्वासको वातावरण भत्काइसकेको भन्दै उनले अब प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरेमात्र सहमति हुने उनले बताएका छन् ।
नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सहमतिको एकमात्र आधार प्रधानमन्त्रीको राजीनामा भएको समेत उल्लेख गरेका छन् ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान विपरीत कार्य गर्दै गइरहेको भन्दै उनले यस्तो अवस्थामा उनले पद त्याग गरेर राजनीतिक सहमतिका लागि मार्ग प्रशस्त गरेमात्र सहमति बन्न सक्ने उनले बताए ।
सरकारविरुद्ध आन्दोलनको घोषणा गरिसकेको स्मरण गराउँदै कोइरालाले वर्तमान सरकारले तत्काल राजीनामा दिएर सत्ता नछाडे घोषित आन्दोलनले घुँडा टेकाएरै छाड्ने दाबी समेत गरेका छन् ।