पोर्न स्टार बिगबोशमा आउने भनिएको हल्ला निराधार
भारतीय टेलिभिजन कलर्सको रियालिटी शो बिगबोशमा पाहुनाको रुपमा पोर्न स्टार प्रिया राई आउने भनिएको हल्ला निराधर भएको छ ।
यसअघि सलमान खानले हप्ताको दुई दिन सञ्चालन गर्ने बिग बोस ६ मा घरभित्र बस्ने गरी प्रिया आउन लागेकी हुन् भनिएको थियो ।
तर, पोर्नस्टार प्रियाले उक्त कुराको खण्डन गर्दै आफ्नो ट्वीटरमा आफू बिगबोशमा आउन कुरा गलत भएको बताएकी हुन् ।
यसअघि आयोजकले गतवर्ष बन्द घरभित्र पोर्न स्टार सन्नी लियोनलाई भित्र्याएकोमा यो वर्ष भने अर्की पोर्न स्टार प्रियालाई पाहुनाका रुपमा भित्राउन लागेको भनेर व्यपाक हल्ला गरिएको थियो ।
प्रकाशित मिति:
November 11, 2012