उपराष्ट्रपतिले पनि रानीपोखरीमा उदाउँदो सूर्यलाई अर्घ दिए
मङ्सिर ५ – छठ पर्वका अवसरमा उपराष्ट्रपति परमानन्द झाले पनि आज रानीपोखरीमा गएर उदाउँदो सूर्यलाई अर्घ दिएका छन् ।
महापर्व छठ समारोह समितिले रानीपोखरीमा आयोजना गरेको कार्यक्रममा उनले तराई क्षेत्रबाट सुरु भएको सो पर्वको अहिले लोकप्रियता मुलुकभरि बढ्दै गएको बताउँदै यसलाई कुनै जातिविशेषमा सीमित नगरी राष्ट्रिय संस्कृतिका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
समितिका अध्यक्ष ई रामचन्द्र साहले छठ पर्वले मानवकल्याणका लागि कार्य गर्न अभिपे्ररित गरी मुलुकमा शान्ति तथा समृद्धि कायम हुन सकोस् भनी शुभकामना व्यक्त गरे ।
विसं २०६३ देखि ऐतिहासिक रानीपोखरीमा छठ समारोह हुँदैआएको छ । सो अवसरमा छठलाई व्यवस्थित गर्न सहयोग पु¥याउने विभिन्न व्यक्तिलाई मायाको चिनो प्रदान गरिएको थियो ।
प्रकाशित मिति:
November 20, 2012