जिप दुर्घटना हुँदा ३ को मृत्यु, ६ जना घाइते
कात्तिक २७ – इलाममा आज सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
इलामको बाझो–९ स्थित बर भन्ज्याङमा मे १ ज ५३६ नम्बरको जिप झापाको दमकबाट पाँचथरको रवितर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर पाएपछि प्रहरी घटनास्थलतर्फ प्रस्थान गरेको बताइएको छ ।
दुर्घटनापछि चालक भने फरार रहेको स्थानीयहरुले जनाएका छन् । घटनाका मृतक तथा घाइतेहरुको पनि सनाखत हुन बाँकी छ ।
प्रकाशित मिति:
November 12, 2012