बेलायती ‘मेसी’को उचाइ मोबाइल भन्दा सानो
कात्तिक २७, बेलायतको 'मेसी' नामक कुकुरको उचाइ मोबाइलको भन्दा सानो रहेको छ । मेसी नामक कुकुरको उचाइ मोबाइलको भन्दा सानो रहेको सार्वजनिक भएको हो ।
उक्त कुकुरको उचाइ मोबाइलभन्दा छोटो भएकाले नै यो कुकुर विश्वको सबैभन्दा होचो कुकुरका रुपमा नाम लेखाउँने तरखरमा छ । जन्मदा मात्र ४५ ग्राम तौल भएको कुकुरको नाम भने जन्मदै कुकुरकी धनी बेलायती एक महिलाले मेसी राखिदिएकी थिइन ।
तीन महिनामा ११८ ग्राम तौलको भएको कुकुर जन्मदा कुकुरधनीलाई बाच्ला जस्तो समेत नलागेको कुरा उल्लेख गर्दै एक समाचार संस्थाले उल्लेख गरेको छ ‘मेसी जन्मेपछि मलाई यति सानो छाउरो बाँच्ला जस्तो लागेकै थिएन । तर, यो केवल बाँचेको मात्र होइन, बरु यसको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समावेश गर्न अनुरोध समेत गरिसकिएको छ ।’
कुकुरकी धनी बेलायती महिलाले आफ्नो कुकुरलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गर्न चाहेकी छन् तर उनले चाहेजस्तो तत्काल उक्त कुकुरको नाम भने गिनिजमा रेकर्ड हुन सक्दैन् । गिनिजको नियम अनुसार कुनै पनि जनावरको नाम लेखाउँन कम्तिमा पनि १२ महिना पुरा हुनै पर्छ ।
प्रकाशित मिति:
November 12, 2012