नेपालीका घरमा शौचालय नभए पनि मोबाइल
मंसिर ११- राष्ट्रिय जनगणनाको आज सार्वजनिक भएको प्रतिवेदन अनुसार नेपालभरका ६४.६३ प्रतिशत परिवारमा मोबाइल प्रयोगकर्ता छन् भने ६१.३८ प्रतिशत परिवारमा मात्र शौचालय निर्माण गरिएको छ ।
सोमबार सार्वजनिक भएको राष्ट्रिय जनगणनाको यस्तो तथ्य बाहिर ल्याएको हो । तथ्य अनुसार नेपालको ग्रामिण क्षेत्रमा शौचालय नहुनेको प्रतिशत ५९.९८ परिवार रहेको छ भने शहरी क्षेत्रमा मोबाइल हुनेको संख्या ८४.०७ प्रतिशत रहेको छ ।
ग्रामिण क्षेत्रमा ४५.११ प्रतिशतका घरमा शौचालय छैनन् भने सहरी क्षेत्रमा ९.०९ प्रतिशतका घरमा मात्र शौचालय छैनन् ।
प्रकाशित मिति:
November 26, 2012