• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » काठमाडौँबाट हेलिकोप्टर चढेर ललितपुरको कार्यक्रममा प्रधानमन्त्री भट्टराई
काठमाडौँबाट हेलिकोप्टर चढेर ललितपुरको कार्यक्रममा प्रधानमन्त्री भट्टराई

पुस ८ - प्रधानमन्त्री डा.बाबुराम भट्टराई काठमाडौँबाट ललितपुरको एक कार्यक्रमको उद्घाटनका लागि हेलिकप्टरमा गएका छन् ।

आइतबार ललितपुरको गोटिखेलमा एकीकृत सेवा केन्द्रको उद्घाटनका लागि प्रधानमन्त्री भट्टराई साथमा अर्थमन्त्री वर्षमान पुन, गृहसचिव नविन घिमिरे समते कार्यक्रममा पुगेका थिए । कार्यक्रम उद्घाटन पछि बोल्दै भट्टराईले भने ‘सरकार ढल्दैन, वैशाखमा चुनाव गराएरै छाड्छ ।’

प्रधानमन्त्री भट्टराईले आफू विरुद्ध षडयन्त्र भएको र भइरहेको समेत बताएका छन् । भट्टराईले भनेका छन् ‘म विरुद्ध विभिन्न ठाउँबाट षड्यन्त्र भएका छन्, अनर्गल प्रचारहरु गर्न थालिएको छ’ उनले जसले जेजे भने पनि तत्काल सरकार नढल्ले र चुनाव गरएरै छाड्ने अडान दोहोर्याए ।

भट्टराईले अन्य दललाई आफू नेतृत्वको सरकारमा आउँनका लागि फेरि आह्वान समेत गरेका छन् । भट्टराईले वर्तमान सरकारमा आएर सहमति खोज्नुको विकल्प नभएको बताएका हुन् ।

प्रकाशित मिति: December 23, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |