• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » सरकारले पौष्टिक आहार भन्दै वितरण गरेको लिटोको पिठोमा किरा भेटियो
सरकारले पौष्टिक आहार भन्दै वितरण गरेको लिटोको पिठोमा किरा भेटियो

पुस ८ - बझाङमा सरकारले पौष्टिक आहार भन्दै बालबालिकाका लागि वितरण गरेको पिठोमा किरा भेटिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बझाडले पुसको पहिलो साता जिल्लामा ६ महिना देखी २ वर्ष सम्मका बालबालीका लाई वितरण गरेको पौष्टिक आहार लिटो भिभाबकहरुले बालबालीका लाई खुवाएका छैनन् । किरा परेको पौष्टिक आहार स्वास्थ्य कार्यालयले जिल्लाका स्वास्थ्य संघ सस्था मार्फत वितरण गरेपनि लक्षित वालवालीकाका अधिकाँस बुबा आमाहरुले  किरा परेको लिटोले छोराछोरी विरामी पर्ने डरले लिटो बच्चालाई नदिएको पाइएको छ ।

भैरबनाथ स्वास्थ्य चौकी बाट तिन दिन अगाडी आप्नो ६ महिनाको छोराका लागि लिएको १ पोका लिटो विरामी पर्ने डरले बच्चा लाई नदिएको मौलाली गाँउ विकास समिती रकैल घर भएकी भगवती देवी धामीले वताईन् । भगवती देवीले भनिन् लिटो बुझ्न आउ भनेर खबर दिएकाले एक पोका लिटो स्वास्थ्य चौकी बाट घरमा लिएर आएकी छु यो लिटोमा किरा परेको भन्ने पनि गाँउमा हल्ला खल्ला छ त्यसैले लिटो खुवाएमा बच्चा उल्टो विरामी पो पर्छकी भन्ने डरले लिटो खुवाइन् ।

लिटो खासै राम्रो थिएन उनले भनिन् त्यसैखेर फाल्नुभन्दा घरका अन्य ठुलो मान्छेले अलिकता चाख्दै सकिहाल्यो । किरा परेको लिटो वितरण हुदै छ भन्ने जिल्ला भरी हल्लाखला भएपछि उक्त लिटो खुवाएमा बच्चा विरामी पर्छ भन्ने होसीयारी  गर्ने रकैलकी भगवती देवी धामी  त एक उदारण मात्रै हुन । उनि जस्तै चैनपुरकी विना केसीले पनि आप्नो १० महिनाको नातीका लागि लगेको २ पोका लिटो नाती लाई नदिएर त्यसै राखेकी छन् ।

प्रकाशित मिति: December 23, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |