• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » भिआईपी पजेरो छाडेर साइकल चढे प्रधानसेनापतिले
भिआईपी पजेरो छाडेर साइकल चढे प्रधानसेनापतिले

पुस ६ - प्रधानसेनापति गौरवशम्शेर राणा साइकल चढेर आज जङ्गी अड्डा प्रवेश गरेका छन् । सधैंजसो साइरनसहितको सैनिक प्रहरीको गाडी अगाडि र पछाडि राखेर कडा सुरक्षाका साथ सवार हुनुहुने प्रधानसेनापति राणा वातावरणलाई प्रदूषण हुनबाट जोगाउन अलिकति भए पनि योगदान पुगोस् भनेर साइकलमा सैनिक मुख्यालय प्रवेश गरेका हुन् ।


प्रधानसेनापति मात्र नभई काठमाडौं उपत्यकाको चक्रपथभित्र रहेका नेपाली सेनाका बाहिनी, गण, गुल्ममा कार्यरत अधिकृतदेखि रथीवृन्दसम्मका सेनाका धेरै उच्च पदस्थ अधिकारी साइकल चढेरै कार्यालय प्रवेश गरेका थिए ।

कतिले भने सार्वजनिक यातायातका साधन चढेर कार्यालय पुगेका थिए । नेपाली सेनाले वातावरण प्रदूषण कम गर्न हप्ताको एक दिन प्रत्येक शुक्रबार सार्वजनिक सवारी साधन, साइकल वा पैदलमा कार्यालय आउन यसै साता मातहतका अधिकृतलाई आदेश दिएको थियो ।

सो आदेशअनुसार उपसेनानीदेखि रथीवृन्दले शुक्रबार कार्यालय आउँदा र फर्कदा सरकारी सुविधामा प्राप्त हुने कुनै पनि सवारी साधन प्रयोग गर्न पाउने छैनन् ।

सङ्गठनले वातावरण जोगाउने काममा हाम्रो पनि योगदान पुगोस् भनेर हप्ताको एकदिन गाडी प्रयोग नगर्ने कार्यको थालनी गरेको छ, यसबाट व्यक्तिगतरुपमा धेरै नै राम्रो हुने छ, हिँड्दा शरीरलाई फाइदा पनि पुग्छ, नेपाली सेनाका प्रवक्ता सुरेश शर्माले भने ।

यसका अतिरिक्त नेपाली सेनाको यो अभियानबाट पेट्रोलियम पदार्थमा लाग्ने खर्च जोगिने, उपत्यकाको सवारी चापलाई केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस अभियानबाट नेपाली सेनाप्रति आम जनतामा सकारात्मक सन्देशसमेत प्रवाह हुनेछ । नेपाली सेनाका चक्रपथभित्र रहेका मुख्यालयसहित महाराजगन्ज, छाउनी, नारायणहिटी सङ्ग्रहालय, सिंहदरबारमा रहेका व्यारेकका उच्च पदस्थ सैनिक अधिकारीले यस अभियानमा साथ दिने छन् । रासस
प्रधान सेनापति गौरवशम्शेर राणा (सबैभन्दा अगाडि) साइकल चढेर कार्यालय जाँदै गर्दा माइतिघर नजिक । तस्बीरः मिनरत्न बज्राचार्य/हिमालखबर

प्रकाशित मिति: December 21, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |