• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » तन्त्रमन्त्रका विषयमा झडप, ५ प्रहरीसहित डेढ दर्जन घाइते
तन्त्रमन्त्रका विषयमा झडप, ५ प्रहरीसहित डेढ दर्जन घाइते

पुस १३ – सप्तरी जिल्लामा आज दुई पक्षीयबीच झडप भएको छ ।

सप्तरीको लोहजारा गाविसमा तन्त्रमन्त्रद्वारा उपचार गर्ने ठाउँमा भेला भएका नागरिक र सर्वसाधार आज झपड भएको हो ।

झडपका क्रममा एक दर्जन सर्वसाधारण र नेपाल प्रहरीका एक नायव निरीक्षक (असई) सहित पाँच जना प्रहरी घाइते भएका छन् ।

रकम लिएर तन्त्रमन्त्रको विधिबाट उपचार गर्ने नाउँमा ठगी गरेको भन्दै स्थानीयवासीले दिएको उजुरीका आधारमा उपचार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएपछि दुई पक्षबीच झडप भएको बताइएको छ ।

लोहजारा गाविस–८ निवासी सबुजन खातुन र समसुल मियाँले तन्त्रमन्त्रबाट विभिन्न रोग ठीक गरिदिने भन्दै रकम लिएर ठगी गरेको भन्दै स्थानीय एक दर्जन व्यक्तिले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको उजुरीका आधारमा दुवैलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको थियो ।

खातुन र मियाँ पक्राउ परेपछि रोग ठीक गराउन विभिन्न ठाउँबाट जम्मा भएका सयौं व्यक्तिले होहल्ला गर्दै खातुनको घर अगाडि तोडफोड गर्न थालेपछि दुई पक्षबीच झडप भएको हो ।

आक्रामक भएको भीडलाई नियन्त्रणममा लिन प्रहरीले लाठी प्रहार गर्नुका साथै दुई राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीहरुले ढुङ्गा प्रहार गरेका थिए । प्रदर्शनकारीको ढुङ्गा लागेर असई महिषकुमार यादव, प्रहरी जवानहरु दीपक खत्री, चन्द्रकुमार राई, अशोक यादव र रमेश महतो घाइते भएका छन् ।


प्रकाशित मिति: December 28, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • पत्नीका साथ प्रचण्ड थाईल्याण्ड प्रस्थान
  • आजको राशिफल 15 January 2013
गृह पृष्ठ |