• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » ध्रुवेलाई नमार्ने एक रहस्य सरकारबाटै चुहियो
ध्रुवेलाई नमार्ने एक रहस्य सरकारबाटै चुहियो

पुस १३ – एक ट्रक सेना, १६ जना वनका कर्मचारी तथा प्राविधिकहरु समेत मानव आतंक मच्चाउने ध्रुवे हात्तीलाई मार्न खटिरहेको बताए पनि ध्रुवेलाई नमार्ने कुराको रहस्य आज चुहिएको छ ।


सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले नै आज मानव बस्तीमा पसेर आतंक मच्चाउदै आएको ध्रुवे हात्तीलाई नमार्ने कुराको खुलासा गरेका हुन् ।

सौराहामा सञ्चालित नवौँ अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिता तथा हात्ती महोत्सवको समापन कार्यक्रममा बोल्दै मन्त्री यादवले ध्रुवेलाई नमारी त्यसको स्थायी नियन्त्रणका लागि प्रयास भैरहेको बताए ।

मन्त्री यादवले ध्रुवे हात्तीको आक्रमणबाट हालै मृत्यु भएका माडीका बोट दम्पतीका परिवारलाई राहत रकम दिने बारेमा मन्त्री परिÈदमा छलफल भैरहेको समेत जानकारी दिए ।

उनले मध्यवर्ती क्षेत्र वरपर बसोबास गर्ने जनताहरुको जिवीकोपार्जनका लागि स्थायी उपाय खोजिने समेत बताए । चितवनको पर्यटनको विकासका लागि सरकारले सक्दो सहयोग गर्नै पनि मन्त्री यादवले प्रतिवद्धता व्यक्त गरे ।

दुई हप्ता अघि चितवनको माडि क्षेत्रमा बोट दम्पतिको हात्तिको आक्रमणबाट मृत्यु भएपछि स्थानियबासी र राजनैतिक दलका प्रतिििनधिहरुले हात्ती मार्नु पर्ने भन्दै आन्दोलन गरेका थिए । स्थानिय प्रशासनले हात्तिमार्न र क्षतिपुर्ति दिने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित भएको थियो ।

हात्ती मार्ने निर्देशनको संरक्षणकर्मी, दाता, सामुदायिक वनहरुले सामुहिक रुपमा विरोध जनाउँदै आएका छन् ।

प्रकाशित मिति: December 28, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • पत्नीका साथ प्रचण्ड थाईल्याण्ड प्रस्थान
  • २०१२ मा विश्वमा समेटिएको नेपाल (फोटो फिचर)
गृह पृष्ठ |