• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » चिसोले एकै गाउँका ६ जनाको ज्यान लियो
चिसोले एकै गाउँका ६ जनाको ज्यान लियो

पुस १३ – केहीदिनदेखि बढेको अत्यधिक चिसोका कारण कठाङ्ग्रिएर सिरहा एकै गाउँका एक बालिकासहित छ जनाको मृत्यु भएको छ ।


स्थानीयका अनुसार कठाङ्ग्रिएर इटारीप्रसाही– ४ की ७० वर्षीया सानोदेवी महरा, वडा नम्बर ६ की ६७ वर्षीया फेकनी मण्डल र ७२ वर्षीया लक्ष्मीदेवी मण्डल, वडा नम्बर ९ की ६० वर्षीया मिथिला मण्डल र ७० वर्षीया कैलीदेवी मण्डलको मृत्युभएको हो ।

इटारीप्रसाही– ४ कै आठ वर्षीया बालिका ममताकुमारी महराको पनि चिसोले कठाङ्ग्रिएर मृत्युभएको छ । न्यानो कपडाको अभावमा दलित बालबालिका र महिलाको ज्यान जाने गरेको स्थानीय सुमित्रा मण्डलले बताए ।

चिसो अत्यधिक बढेको र आर्थिक अभावका कारण न्यानो कपडा किनेर लगाउन नसकेका दलित वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित बनेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति: December 28, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • पत्नीका साथ प्रचण्ड थाईल्याण्ड प्रस्थान
  • २०१२ मा विश्वमा समेटिएको नेपाल (फोटो फिचर)
गृह पृष्ठ |