• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » आमासहित छोराछोरीको शङ्कास्पद मृत्यु
आमासहित छोराछोरीको शङ्कास्पद मृत्यु

पुस १३ – मोरङको उत्तरपूर्वी पहाडी गाविस टाँडी– ४ मा आमासहित दुई बालबालिका मृत अवस्थामा फेला परेका छन् ।


तीन वर्षकी छोरी र डेढ वर्षका छोरा बिहान झुण्डिरहेको अवस्थामा र आमाले पेटमा छुरा प्रहार गरिएको अवस्थामा मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

टाँडी–४ मा बस्ने लङ्का राईकी २५ वर्षीया श्रीमती माया राई, छोरी चाहना र छोरा आइडिएल मृत अवस्थामा भेटिएका हुन् ।

उक्त घटना आत्महत्या हो वा हत्या हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लङ्का राई खेतमा काम गर्न गएको अवस्थामा परिवारका सदस्य मृत अवस्थामा फेला परेको राससले जनाएको छ ।

स्थानीय बासिन्दा एवम् छिमेकीका अनुसार आमा माया राई स्तन क्यान्सर पीडित थिइन् र आफ्नो बालबालिकाको स्याहारका लागि चिन्तित थिइन् ।

प्रकाशित मिति: December 28, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • २०१२ मा विश्वमा समेटिएको नेपाल (फोटो फिचर)
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • पत्नीका साथ प्रचण्ड थाईल्याण्ड प्रस्थान
गृह पृष्ठ |