• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » पिपिआरका कारण ३५ भेडाको मृत्यु
पिपिआरका कारण ३५ भेडाको मृत्यु

पुस १२ – म्याग्दीको पाखापानी गाविसमा पर्ने ठाडाखानी गाउँमा पिपिआर रोगको सङ्क्रमणबाट ३५ वटा भेडा मरेका छन् ।


स्थानीय दुई जना कृषकको गोठमा फैलिएको पिपिआरबाट सङ्क्रमित भेडा मरेका हुन् । दाङबाट पूजाका लागि स्थानीयले एक हप्ताअघि ल्याएको भेडाबाट सरेको पिपिआर सङ्क्रमणकै रुपमा फैलिँदा बुधबारसम्म ३५ वटा भेडा मरेका जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

रोग प्रभावित क्षेत्रमा तीन दिनअघि जिल्ला पशुसेवा कार्यालयबाट पुगेको प्राविधिक टोलीले रोग फैलिन नदिन भ्याक्सिन लगाउन सुरु गरेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक रामचन्द्र काफरले बताए ।

पिपिआरबाट सङ्क्रमित पशुलाई बचाउन नसकिने भए पनि अन्यमा फैलिन नदिन भ्याक्सिन लगाउन सुरु गरिएको उनले जानकारी दिए ।

पशु प्राविधिकको टोलीले कृषकको गोठमै पुगेर भ्याक्सिन लगाउन थालेको पशुसेवा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: December 27, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |