• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » ‘गङनम स्टाइल’ एक अर्बपटक ‘डाउनलोड’
‘गङनम स्टाइल’ एक अर्बपटक ‘डाउनलोड’

एजेन्सी, सोल – दक्षिण कोरियाली कलाकार साइको युटुब सङ्गीत भिडियो ‘‘गङनम स्टाइल’’ इन्टरनेटबाट शनिबारसम्म एक अर्बभन्दा बढीपटक डाउनलोड गरिएको देखिएको छ र यसलाई इन्टरनेटमा एउटा कोसेढुङ्गाको रूपमा हेरिएको छ ।


‘‘गङनम स्टाइल’’ जुलाइ १५ मा इन्टरनेटमा राखिएको हो र शुक्रबार यो भिडियोको डाउनलोड एक अर्बपटक भएको देखिएको छ । त्यसै पनि साइको सङ्गीत तथा नृत्यको प्रचार र प्रशंसा विश्वभर देखिएको छ ।

शनिबार डाउनलोडको सङ्ख्या १,००,८२,८६,५३५ पुगेको छ । साइले ट्विटरमा ‘‘गङनम स्टाइल’’ अब ‘‘बिलियन स्टाइल’’ बनेको उल्लेख गरेका छन् ।

यसका लागि साइलाई अमेरिकी सङ्गीतकार एमसी ह्यामरले बधाइ दिएका छन् र उनले साइले यसबाट सङ्गीतको विश्वमा इतिहास बनाएको उल्लेख गरेका छन् ।

साइको भिडियो डाउनलोड गत पाँच महिनामा निकै बढेको थियो र उनले यसबीच म्याडोनादेखि संयुक्त राष्ट्र सङ्घका महासचिव कोफी अन्नानसम्मका व्यक्तित्वसँग आफ्नै सङ्गीतका विषयमा भेट गरेका छन् ।

‘गङनम स्टाइल’ कै आधारमा अमेरिकी राष्ट्रपति पदको निर्वाचनदेखि विश्वका प्रमुख घटनामा सङ्गीत भिडियो बनेका छन् । बिलबोर्ड डट कमले ‘‘गङनम’’ ले युटुबबाट मात्रै २० लाख अमेरिकी डलर कमाएको अनुमान गरेको छ । उनले यस सङ्गीतबाट गत पाँच महिनामा ६० लाख अमेरिकी डलर भन्दा बढी रकम कमाएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: December 22, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |