• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » पोखराबाट प्रहरीलाई झुक्याएर भाग्दै गरेकी भारतीय महिला पक्राउ
पोखराबाट प्रहरीलाई झुक्याएर भाग्दै गरेकी भारतीय महिला पक्राउ

पुष ७ – प्रहरीलाई झुक्याएर भाग्न सफल एक महिला कैदी भारत जाँदै गरेको अवस्थामा पक्राउ परेकी छन् ।


बिहीबार कास्कीको वडा प्रहरी कार्यालय बगरबाट प्रहरीलाई झुक्याएर फरार भएकी भारतीय महिला बिन्दु हरिजनलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनलाई नेपाल भारत सिमाको सुनौली नाकाबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता रविन्द्र पौडेलले जानकारी दिए । उनले भने– ‘रुपन्देही प्रहरीको सहयोगमा वडा प्रहरी कार्यालय बगरका प्रहरी निरिक्षक गिरीराज अर्यालसहितका दुई प्रहरीले उनलाई पक्राउ गरेका छन् ।’

चोरीको आरोपमा पक्राउ परेकी हरिजन विहिबार ड्युटीमा रहेका प्रहरीले नुवाईधुवाईका लागि बाहिर निकालेको बेलामा भागेकी थिईन । पोखराको पृथ्वीचोकमा सुन चोरी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई आईतबार पोखरा ल्याएर चोरीको आरोप र हिरासतबाट भागेको थप आरोपसहित अनुसन्धान थालिने कास्की प्रहरीले जनाएको छ ।

हरिजन भागेपछि वडा प्रहरी कार्यालय वगरमा प्रहरी हवल्दारहरु बेलप्रसाद शर्मा र गीता सुवेदी निलम्बनमा परेका छन् ।
बालबालिका र महिलालाई हिरासतमा राख्दा हातकडी नलाइने भएकोले पनि उनी भाग्न सजिलो भएको प्रवक्ता पौडेलले बताए ।

प्रकाशित मिति: December 22, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |