सर्वोच्चका न्यायाधिस बमको हत्याको दाबी गर्ने एक जना पक्राउ
पुष – सर्वोच्च अदालतका न्यायाधिस रणबहादुर बमको हत्या गरेको दाबी गर्ने एक जना पक्राउ परेका छन् ।
काठमाडौँस्थित शंखमुलमा जेठ १८ गते न्यायाधिस बमको हत्यामा दाबी गर्ने ती युवक खोटाङबाट गिरफ्तारी भएका हुन् । आफूले हत्या गरेको दाबी गर्ने खोटाङ नेर्पा(८ का २२ वर्षीय चक्रमणी भुजेललाई खोटाङ प्रहरीले पक्राउ गरेको हो ।
उनले यसअघि आवर वर्ल्ड योङ सेन्ट्रलाईजेसन नेशनल बोर्ड काठमाडौ’ समूहको नामबाट चन्दा उर्दी गरेको बताइएको छ ।
सो समूहले खोटाङका वित्तिय संस्था तथा व्यवसायिक कम्पनीहरुलाई चन्दा माग गर्दै नदिए मार्ने धम्की दिँदै आएको थियो ।
प्रकाशित मिति:
December 22, 2012
