• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, World » सिंगापुरमा पुर्याएर उपचार गर्दा पनि उनी रहिनन्
सिंगापुरमा पुर्याएर उपचार गर्दा पनि उनी रहिनन्

पुस १४ - दिल्लीस्थित एक बसमा सामुहिक बलात्कारमा परेकी युवतीले १२ दिनको कठोर जीवन मरणको संघर्षसँगै सिंगापुरमा उपचारको क्रममा ज्यान गुमाउन पुगेकी छिन् ।


सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराईरहेकी ती युवतीको शनिवार विहान करिब २ बजे हामीबाट बिदा लिएकी हुन् ।

सामुहिक बलात्कार र कुटपीटका कारण गम्भीर घाईते भएकी २३ वर्षिया उनको दिल्लीको अस्पतालमा तीन पल्ट अपरेशन गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनको थप उपचारका लागि बिहिबार सिंगापुर लगिएको थियो ।

सिंगापुरको अस्पतालमा भर्ना भएपछि अस्पतालले शरीर र दिमागमा गम्भीर चोट लागेकाले अस्पतालमा भर्ना भएदेखि नै युवतीको अवस्था अत्यन्त जटिल रहेको र उनका धेरै अंगले काम गर्न छोडेपछि मृत्यु भएको एक वक्तव्य मार्फत जनाएको छ ।

अत्यन्त नाजुक अवस्थामा पनि ती युवतीमा मृत्युसंग लड्ने साहस देखिएको भएपनि शरीरमा गम्भीर चोट र आघातका कारण उनलाई जीवीत राख्न असम्भव भएको विज्ञप्तीमा उल्लेख छ ।

मान्उन्ट एलिजाबेथ अस्पतालमा ८ जना विशेषज्ञको टोलीले बिरामीको अवस्था स्थिर राख्न निरन्तर प्रयास गरेका थिए । तर मुटुमा समस्या देखिएको, फोक्सो र पेटमा संक्रमण देखिएको र दिमागमा चोट लागेका कारण दुई दिन सम्म युवतीको स्वास्थ्यमा कुनै सुधार नआएको चिकित्सकहरुले बताएका छन् ।

डिसेम्बर १६ तारिखमा भारतको दिल्लीमा गुडिरहेको बसमा ती युवतीको सामुहिक बलात्कार र कुटपीट भएको थियो ।

उनी त्यहाँ सामुहिक बलात्कारको सिकार बनेपछि यो विषयले भारतमा अहिले पनि तहल्का पिटेको छ । उनका दोषीहरुलाई फासी समेत दिनुपर्ने मागहरु भारतीय संसदमा समेत उठिरहेको छ ।

प्रकाशित मिति: December 29, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |