• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » बैंक लुटेरा र लु्ट्नेहरुको योजना प्रहरीद्वारा सार्वजनिक
बैंक लुटेरा र लु्ट्नेहरुको योजना प्रहरीद्वारा सार्वजनिक

पुस १३ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यही पुस ६ गते दाङको तुलसीपुरस्थित बैंक अफ काठमाडौँको शाखा कार्यालयमा लुटपाट गर्नेहरूलाई बिहीबार सार्वजनिक गरेको छ ।

ब्युरोले आज पत्रकार सम्मेलन आयोजना गी बैंक ल्टपाटमा सङ्लग्नलाई सार्वजनिक गरेको हो । ब्युरोका प्रहरी नायब उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार सो दिन सो बैंकमा रकम जम्मा गर्ने भनी प्रवेश गरेका घटनाका मुख्य योजनाकार खगेन्द्र बस्नेतसहित तीन जना बैंकमा प्रवेश गरी सोही बैंकमा कार्यरत खचाञ्जी, प्रबन्धक र चौकीदारसमेत नियन्त्रणमा लिई लुटपाट गरेका थिए ।

प्रहरीले सो घटनामा संलग्न बस्नेत, अमर बोहोरा, प्रकाश परियार, सुशील रोकाया, प्रेम तामाङ र मिनुर तामाङलाई पक्राउ गरिएको जनाएको छ । प्रहरीले रु ८६ लाख ७९ हजार तुलसीपुरका बोहोराको कोठाबाट र रु ५० हजार गोरखाका परियारको कोठाबाट बरामद गरिएको जनाएको छ ।

बैंककै अप्रेसन इन्चार्ज बस्नेतको लामो योजनामा लुटपाट भएको जनाइएको छ । प्रहरीले करिब डेढ वर्षदेखि विभिन्न समयमा अप्रेसन म्यानेजर बस्नेतले बैंकको नगद हिनामिना गरेको र सोही हिनामिना गरेको रकम ढाकछोप गर्नका लागि बैंक लुट्ने योजना बनाएको र योजना कार्यान्वयन गर्नका लागि सुशील रोकायामार्फत आपराधिक समूहको खोजी गरेको जनाएको छ ।

सो लुटपाटमा तीर्थराज शर्माको बा ७ च ३६८५ नंको रातो बलेरो प्रयोग गरेको देखिएको बताइएको छ । बैंक लुटपाटका लागि यही पुस १ गतेदेखि नै योजना बनाइएको र सोही दिन महाबौद्धबाट नक्कली पेस्तोलसमेत किनिएको अनुसन्धानबाट खुलेको बताइएको छ । प्रहरीले बैंककै कर्मचारीको मिलेमतोमा लुटपाट हुनु गम्भीर हो भन्दै आगामी दिनमा सुरक्षा सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति: December 28, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • आजको राशिफल 15 January 2013
  • मंगलबारसम्म नेकपा–माओवादीको महाधिवेशन लम्बियो
गृह पृष्ठ |