• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » गोली नै हानेर २० लाख लुटियो
गोली नै हानेर २० लाख लुटियो


पुस २५, रासस – महोत्तरीको पडौला बजारमा बुधबार दिउँसो एक हतियारधारी समूहले गोली प्रहार गरी एक व्यक्तिबाट रु २० लाख लुटेको छ ।

जनकपुरबाट पैसा लिएर बेलबा सरपल्लो जाँदै गरेका राजदेव चौधरीलाई आज दिउँसो २ बजे बीच बाटोमा पर्ने पडौला बजारमा अपरिचित व्यक्तिहरूले गोली हानी रु २० लाख लुटेर भागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लाको सरपल्लोमा आइएमइ सञ्चालन गर्दैआएका राजदेव चौधरीलाई नकावधारीले पडौला बजारमा रोकेर दाहिने खुट्टामा गोली हानेको र पैसा लुटी भागेको प्रहरी निरीक्षक सुजन खड्काले बताए ।

लुटेराहरूको खोजीका लागि अहिले त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति: January 10, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |