• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » माओवादीको महामेला पज्ञा भवनमा, केही छिनमा बन्द सत्र
माओवादीको महामेला पज्ञा भवनमा, केही छिनमा बन्द सत्र

पुस २६ – नवसंशोधनवाद र प्रतिक्रियावाद विरुद्ध संघर्ष गरौँ , जनगणतन्त्र स्थापनाको दिशामा अघि बढौँ भन्ने मूल नाराका साथ हिजोदेखि सुरु भएको नेकपा माओवादीको ७ औँ महाधिवेशन अन्तर्गत केही समयपछि बन्द सत्र सुरु हुँदैछ ।


बन्द सत्रको सुरु अघि अहिले महाधिवेशनस्थल प्रज्ञा भवनमा अहिले प्रतिनिधि तथा पर्यवेक्षकहले खाना खान सुरु गरेका छन् । खाना खाने कार्यक्रम सम्पन्न भएसँगै बन्द सत्र सुरु हुने आयोजकले जनाएको छ ।

महाधिवेशन अन्तर्गत आज समूह विभाजन गरी प्रस्तुत विधान प्रतिवेदनका विषयमा आज ग्रूपमा छलफल हुने माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिईन् । २० समुहमा छलफल हुने उनको भनाई छ ।

महाधिवेशनमा १२ सय प्रतिनिधि, ४ सय पर्यवेक्षक, १ सय कलाकार र ३ सय स्वय सेवक सहभागी छन् ।

नेकपा माओवादीको राजनीतिक दस्तावेजहरु (मस्यौदा प्रस्ताव) यसअघि नै प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति: January 10, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |