• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » देशका लागि परेमा अझै ठूलो बलिदानी दिन तयार छौँ : वैद्य
देशका लागि परेमा अझै ठूलो बलिदानी दिन तयार छौँ : वैद्य

पुस २५ – नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले नेपाल विस्तारवादीहरुको स्वार्थपूर्तिको अखडा बन्दै गएको उल्लेख गरेका छन् ।


पार्टीको सातौँ महाधिवेशनको उदघाटन सत्रलाई राजधानीको खुल्ला मञ्चमा सम्बोधन गर्दै उनले हाम्रो देश हो कि विस्तारवादीको अखडा भन्दै प्रश्न गरेका थिए ।


कार्यक्रममा उनले नेपाली जनताले यसअघि पनि थुप्रै बलिदानी गरेको भन्दै देशका लागि परेमा अझै ठूलो बलिदानी दिन आफूहरु तयार रहेको समेत जनाए ।

भारतसँग असमान सन्धी सम्झौता भएकाले राष्ट्रिय स्वाधिना जोखिममा परेको समेत उनले उल्लेख गरे । दुई छिमेकी मुलुक मध्ये चीनले नेपालको राष्ट्रिय स्वाधिनताको सम्मान गरे पनि भारतले जहिल्यै गिद्धेदृष्टि लगाएको पनि उनले जनाए ।


उनले १० बर्षे सशस्त्र युद्धको उद्देश्यहरु पूरा नभएको भन्दै दक्षिणपन्थीसाग आफ्नो पार्टीले सम्बन्धबिच्छेद गरेको टिप्पणी गरे ।


वैद्यले दलहरु जनताको हक अधिकारमाथि खेलभाड गरिरहेको भन्दै संसदवादी र यथास्थितिवादी शक्तिहरुले संविधान पुनस्र्थापनाको कुरा गरे पनि यसबाट कुनै पनि हालतमा संविधान नबन्ने ठोकुवा समेत गरे ।

उनले सबै शक्ति मिलेर संयुक्त मोर्चा बन्न आवश्यक रहेको बताउँदै नयाँ पार्टीको आवश्यकता रहेको बताए। 'हामी नयाँ पार्टी बनाउन चाहन्छौं,' उनले भने।

प्रकाशित मिति: January 09, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |