• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » विश्वभरका कम्प्युनिष्टहरु नाँचे माओवादीको महाधिवेशनमा
विश्वभरका कम्प्युनिष्टहरु नाँचे माओवादीको महाधिवेशनमा

नेकपा माओवादीको महाधिवेशनको पाँचौँ दिन आइतबार बन्द सत्र चलिरहेको बेला बिचमा उदघोषकले झँम्कार मगरलाई आफ्नो प्रस्तुति पस्कन आग्रह गरे ।


उनी सारंगीसहित अगाडी उपस्थित भए त्यसपछि उनले हलमा उपस्थितलाई लालसलाम गर्दै 'कहिले हामी पूर्व कहिले हामी पश्चिम' नामक गीत गाउन थाले । सोही क्रममा केही कलाकार क्षेत्रका प्रतिनिधिले त गीतमा नृत्य भरिरहेका थिए केही छिनमै केन्द्रिय सदस्य असारे काका पनि अग्र स्थानमा आएर ज्याकेट फुकालेर नाच्न सुरु गरे ।

सोही गीतमा केही छिनमै महाधिवेशनमा भाग लिन आएका विश्वभरका प्रतिनिधिहरु पनि नाँच्न सुरु गरे । तर उनीहरु आफैँ भने नाच्न सुरु गरेका होइनन्, एक सहभागीले आग्रह गर्दै हात अठ्याएर तानेपछि उनीहरु पनि हतार हतार ज्याकेट फुकाल्दै नाच्न सुरु गरेका थिए । गीत सिधिएपछि भने सबै जनाले मुठी उठाएर लाल सलाम गरेका थिए ।

यसरी नाच्नेहरुमा आरसिपी अमेरिकाका रोबर्ट, मास्कसिस्ट कम्युनिष्ट पार्टी इटालीका फ्लाओ, टर्की माओवादीकी लिना लगायत भाइचारा पार्टीका प्रतिनिधिहरु थिए । बन्द सत्रको बिच बिचमा माइला लामा, खुसीराम पाख्रिन, टेक बलम्पाखी लगायतले बेला बेला क्रान्तिकारी गीत सुनाईरहेका हुन्थे ।

प्रकाशित मिति: January 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |