• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » के के हुँदैछ त ? माओवादीको महाधिवेशन भित्र !
के के हुँदैछ त ? माओवादीको महाधिवेशन भित्र !

पुस २९ - नेकपा माओवादीको सातौँ महाधिवेशन एक दिन लम्बिएर भोलिसम्म चल्ने भएको छ ।


राजधानीको प्रज्ञा प्रतिष्ठानमा यही २५ देखि सुरु भएको महाधिवेशन आज सम्पन्न हुने भनिए पनि भोलिसम्म लम्बिने भएको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

पदाधिकारीले बोल्ने क्रम जारी

महाधिवेशनको आज पाँचौ दिन बन्द सत्रमा समूह नेताहरुले उठाएका विषय वस्तुमा पदाधिकारीले बोल्ने क्रम सुरु भएको छ ।
अहिलेसम्म पार्टी उपाध्यक्ष सिपी गजुरेल, सचिव नेत्र विक्रम चन्दले आफ्नो धारणा तथा उठेका प्रश्नको जवाफ दिएका छन् ।
सो क्रममा पार्टी उपाध्यक्ष गजुरेलले जनताको अधिकारका लागि बल प्रयोग गर्नैपर्ने बताए ।
त्यस्तै, पार्टी सचिव नेत्र विक्रम चन्दले नेपालको राज्य सत्ता दलालहरुको हातमा छाडेर आफूहरु सुकुलमा सुत्नै नसक्ने बताए । राष्ट्रियता, राष्ट्रिय स्वाधिनता जनजिविकाका लागि जे गर्न पनि तयार रहन समेत उनले आग्रह गरे ।

किरण र गुरुङको जवाफ केही समयमा

महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा आजै पार्टी अध्यक्ष मोहन वैद्य किरणले राजनीतिक दस्तावेजका विषयमा उठेका प्रश्न र सचिव देव गुरुङले विधानका विषयमा जवाफ दिनेछन् । आज जवाफ दिईसकेपछि भोलि नयाँ नेतृत्वसँगै माओवादीको ७ औँ महाधिवेशन सम्पन्न हुनेछ ।

के के उठेका छन् प्रश्नहरु
महाधिवेशनमा राजनीतिक दस्तावेज तथा विधानका विषयमा छलफल गर्न २१ समूह गठन गरिएको थियो । ती २१ समूहका नेताले हिजै आफ्नो समूहको मत राखिसकेका छन् ।

उनीहरुले आफ्नो टोलीको मत राख्ने क्रममा क्रान्तिको बाँकी कार्यभार पूरा गर्न क्रान्तिकारी दिशा पास गर्न लगायतका थुप्रै थुप्रै सुझावहरु तथा प्रश्नहरु उठाएका छन् । त्यस्तै प्रचण्ड बाबुरामले जस्तै धोका दिदैनौँ भन्ने आधार समेत माग गरेका छन् ।

प्रकाशित मिति: January 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |