• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » शुक्रबार देशका विभिन्न ठाउँमा पानी पर्ने
शुक्रबार देशका विभिन्न ठाउँमा पानी पर्ने

माघ ३ – शुक्रबार देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।


महाशाखाले काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा यही माघ ५ गते शुक्रबार पानी पर्ने सङ्केत देखिएको जनाएको हो ।

वायुमण्डलमा प्रवाह हुने हावाको गतिमा परिवर्तन आएकाले दुई तीन दिनसम्ममा पानी पर्ने सङ्केत देखिएको हो । त्यसैगरी केही दिनदेखि देशका विभिन्न स्थानमा बिगँ्रदै गएको मौसममा भने क्रमिक सुधार हुँदै गएको छ । मुलुकको पहाडी क्षेत्रमा घाम लागेको र तराई क्षेत्रमा लागेको हुस्सु हटेर सुधार हुँदैगएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले अहिले मुलुकको सुदूरपश्चिमी क्षेत्रबाट पानी पर्ने सङ्केत देखापर्दै गएकाले त्यसको असरले शुक्रबारसम्म काठमाडौँ उपत्यकामा पानी पर्ने र केही दिन चिसोमा वृद्धि भई त्यसपछि क्रमिक सुधार हुँदै जाने बताएका छन् ।


गत साता काठमाडौँ उपत्यकामा ‘माइनस’(ऋणात्मक) दुई डिग्रीसम्म तापक्रम घटी बढ्ता चिसोको अनुभव भएको थियो । पाँच वर्षपछि उपत्यकाको तापक्रम ऋणात्मक भएको महाशाखा अभिलेखले देखाएको छ ।

प्रकाशित मिति: January 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |