• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » नेपाली सेनाका कर्णेल लामा बेलायतमा किन परे पक्राउ ?
नेपाली सेनाका कर्णेल लामा बेलायतमा किन परे पक्राउ ?

पुस २० – नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा पक्राउ परेका छन् । सशस्त्र द्वन्द्वकालमा मानव अधिकार हनन गरेको अभियोगमा उनलाई बेलायत प्रहरीले पक्राउ गरेको हो ।



शसस्त्र द्वन्द्वकालमा गिरफ्तार गरिएका राउत थरका व्यक्तिलाई हिरासतमा यातना दिएको अभियोगमा उनी पक्राउ परेका हुन् ।

सुडान मिसन प्रमुखका रुपमा कार्यरत लामा लण्डनस्थित घरमा रहेकी श्रीमती भेट्न बेलायत पुगेका बेला बिहीवार बिहान लण्डन मेट्रो पुलिसले पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समेत उल्लेख गरेका छन् ।

लण्डन प्रहरीले पक्राउ पर्ने सैनिक अधिकारीको नाम औपचारिकरुपमा सार्वजनिक नगरे पनि काठमाण्डौस्थित बेलायती दूतावासमार्फत नेपाली सैनिक मुख्यालय र परराष्ट्रलाई भने पक्राउ बारे जानकारी गराईसकेको बताइएको छ ।

को हुन् उनी किन पक्राउ परे त ?
शसस्त्र द्वन्द्वकालमा गिरफ्तार गरिएका राउत थरका व्यक्तिलाई हिरासतमा यातना दिएको अभियोगमा एड्भोकेसी फोरम नेपालको कानुनी पहलमा सुडानबाट बेलायत पुगेको मौका पारेर पक्राउ परेका उनी माओवादी जनयुद्धका समयमा कपिलबस्तुको गोरुसिंगेमा दुई वर्ष गणपति रहेका थिए ।

अहिले लामा दम्पत्तिको लण्डनमा घर समेत रहेको छ । लामाकी श्रीमती भने नर्सका रुपमा बेलायत १२ वर्षदेखि बस्दै आएकी छन् । श्रीमतीलाई भेट्न गएकै अवसरमा उनी त्यहाँ पक्राउ परेका हुन् । पक्राउ पर्नुको मुख्य कारण भनेृ सशस्त्र द्वन्द्वकालमा मानव अधिकार हनन नै हो ।

विगतलाई हेर्दा
मानव अधिकार तथा यातनाको विषयलाई नेपालमा अपराध नमानिए पनि अन्तर्राष्ट्रिय जगतमा अपराध नै मानिन्छ । यसै अभियोगमा पक्राउ परेका लामा मात्रै होइन यसअघि मानव अधिकार उल्लंघनको आरोपी भन्दै नेपाल प्रहरीका महानिरीक्षक कुवेरसिंह रानालाई बेलायतले भिषा दिएको थिएन ।
त्यसो हुँदा इटलीमा सम्पन्न इन्टरपोलको ८२ औँ महासभामा भाग लिएर बेलायत जाने योजना बनाएका उनी बेलायत जान वञ्चित भएका थिए ।

यति मात्रै होइन मानवअधिकारका उल्लंघनकर्ता नेपाली सेनाका राजू बस्नेतलाई बढुवा गर्दा डा.बाबुराम भट्टराईले चर्को विरोधको सामना गर्नुपर्यो ।
उनलाई त्यति बेला गद्धार समेत भनिएको थियो भने ती नै राजू बस्नेत लगायत जो जो मानव अधिकार उल्लंघनका आरोपी रहेको छन् उनीहरुलाई युरोपियन मुलुक तथा अन्य मुलुकहरुमा जान अप्ठेरो पर्ने भने निश्चित छ ।

प्रकाशित मिति: January 04, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |