• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » मृत्युदण्डको सजाय सुनाइएका बमको ज्यान बचाउन आग्रह
मृत्युदण्डको सजाय सुनाइएका बमको ज्यान बचाउन आग्रह

पुस २९ - नेपाल विश्व सहयोग सङ्घले अमरबहादुर बमको ज्यान बचाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।


नेपाल विश्व सहयोग सङ्घ, नेपाल च्याप्टरद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले नेपालका प्रधानमन्त्रीले पत्र लेखेर अनुरोध गरेमा ज्यान बचाउन सहज स्थिति सिर्जना हुने बताए । उनीहरूले त्यसका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न आवश्यक भएकामा पनि जोड दिए ।

एक भारतीयको हत्या अभियोगमा भारतीय नागरिकसँगै मृत्युदण्डको सजाय सुनाइएका बमलाई अहिले दुबईस्थित कारागारमा राखिएको छ । दार्चुलाका बम दुबईमा गाडी चालकका रुपमा काम गर्थे ।

सङ्घका अध्यक्ष मणि नेपाली पनेरुले हत्यामा संलग्न व्यक्तिहरूले नै अमरलाई निर्दोष भनिरहेको समयमा त्यहाँको भाषागत कठिनाइका कारण उनले मृत्युको सामना गरिरहेको र त्यसलाई उल्टाउन तत्काल नेपाल सरकारबाट पहल गर्नुपर्ने बताउनुभयो ।

नेपाल च्याप्टरका संयोजक दयाराम पाण्डे, नेपाल पे्रस यूनियनका सचिव सन्तोष न्यौपानेलगायतले विदेशमा मृत्युदण्डको सजाय सुनाइएका बमप्रति नेपाल सरकारले चासो नदेखाएको भन्दै अब अन्तर्राष्ट्रियरुपमा नै दबाब सिर्जना गर्न आवश्यक भएको बताउनुुभयो ।



उहाँहरूले बमसँगै मलेसियामा मृत्युदण्ड पाएका नुवाकोटका अर्का व्यक्ति हरिबहादुर घलेको ज्यान बचाउन नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सो अवसरमा विदेशमा कार्यरत कामदारहरूलाई अमानवीय शोषण गरेको, उनीहरूको काम गर्ने घण्टा र सोबापत पाउने ज्याला मलेसियाको श्रम कानुन अनुरुप नभएको, कामदारहरूको खाने बस्ने व्यवस्थामा सुधार नभएको तथा कामदारको प्रतिमहिनाको न्यूनतम ५४६ रिङ्गेट नपुग भएको औँल्याइएको थियो ।

प्रकाशित मिति: January 13, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |