चट्याङ लागेर एकै परिवारका तीनको मृत्यु
फागुन ७ – चट्याङ लागेर आइतबार दिउँसो मकवानपुर काँकडा गाविसमा तीन जनाको ज्यान गएको छ ।
चट्याङले एकै गाउँका तीन जनाको ज्यान गएको बताइएको छ ।
यसरी मृत्यु हुनेमा १० वर्षीय सुजन मोक्तान, ४५ वर्षीया आशामाया थिङ र तीन वर्षीया अनुपा थिङ छन् ।
घरमै बसेको अवस्थामा उनीहरूलाई चट्याङले भेटेको र घरका खाँबा चिरिएको सचिव श्रेष्ठले बताए ।
प्रकाशित मिति:
February 17, 2013